समय

 जीन्दगीको यस उताबचदबमा, आज येसो अनुभब गर्दा समयको गति मात्र एकैनास पाएकी छु। भावना, हर्ष, दुखसुख, हारजीत भोलीको किरणसंग गाभियेर नआउँने रैछ। येस्तै विभिन्न सम्बंधहरु साथिभाई ,इस्टमित्रहरु, हिजोका दिनमा त अन्तीम साससम्म रहने बाचा भएपनि सबैको सामयिक गतिविधि एकनास हुनू सायद प्राकृतिक नै नहुने रैछ र गुजाराकालागि दौडनु यो समयको माग होला। 18 बर्ष भए, उमेरले तेस्तो दादा काट्ने बेला भएको त छैन तर यो कमलो मस्तिष्क कडा बन्ने प्रकृयामा एउटा अनौठो अनुभूति वा डर नै भनुं हुँने रैछ। अगाडि आउने ठुलाठुला चुनौतिहरुलाई कसरी सामना गरिने होला। येही प्रस्नहरु जस्का उत्तर आउने समयको अनुभबले दिनेछ, त्यस्मा नल्जिनू भनेर बारम्बार आफ्नो मनलाई भनी रहेकी हुन्ँछू तर एकैनास के बग्थ्यो र भ्रमका धाराहरु। येही माझ कती बेला बिर्सने गर्छुकी जस्तो परिस्थीती भएपनि त्यो समयलाइ कुन दृस्टिकोंणले हेर्ने र कसरी सामना गर्ने क्षमता आफैमा छ। सङघर्ष जस्तो होस आखीर एक समय न त हो बितिहाल्छ नी। भग्वान श्री कृष्णका भनाइ अनुसार, कर्म गर, जय र पराजयको चिन्ता नलिकन,जुन कुरा भएकै छैन तेस्को चिन्ता किन? हाम्रा हातमा वर्तमानका कार्यहरु मात्र रहेका छन् र भोलीको समयको अनुमान आजका सहिगलत निर्णयले प्रदान गर्नेछ। "life is basically a reflection of the number of choices you make" 

त्यसैले यही हो , समयको रफ्तारमा दौडन  सिक्दैछू, साना देखी ठूला समस्यका छालहरुबाट पन्छीदै यो परिश्रम र अनुशासनको सागरमा तहिरन सिक्दैछु, पखेटा नभए पनि आफ्ना सफल्ता र उपलब्धीको गगनमा उड्न मन छ, त्यसैले आजको दिनमा मेहेनत गर्दै छु, उमेर छ, उर्जा छ,मन्मास्तिस्कको नियन्त्रणमा जे पनि पाऊन सक्छु,गन्तब्य टाढा अवस्य पनि छैन, समय लाग्ला किनकी धैर्यको धोका कहिले अध्यारो हुदैन।  




Comments

Popular posts from this blog

new girl in the city

a year of medical school : an experience

for the better